तपाईँ सुन्दै हुनुहुन्छः

‘जोबन गयो इङ्लिस त आएन लै लै, केश फुल्यो अङ्ग्रेजी जानिन लै लै’

आधा शताब्दी अघिको कुरा हो । त्यसबखत आई.ए.मा भर्ना भएपछि कलेजको सिफारिस पत्र बुझाएर राष्ट्रिय सेवादल तालिममा समावेश हुन पाइन्थ्यो । हामी २०२४ सालदेखि राष्ट्रिय सेवादल तालिममा आबद्ध थियौ ।

वर्षेनी आफ्नो समूहमा राम्रो गर्ने मध्येका तीनजनालाई भारतीय सेना अन्तर्गतको भारतीय राष्ट्रिय सेवादल निमन्त्रणमा झण्डै एक महिने अध्ययन भ्रमणमा भारत पठाइने रहेछ । राष्ट्रिय सेवादल तेस्रो समूहका हामी (बंशिधर बज्राचार्य, उपेन्द्र भटृराई र म) २०२६ साल माघमा भारतीय स्वतन्त्रता दिवश (२६ जनवरी, २०७०) को अवसरमा भारत जानेमा मनोनीत भएका थियौ । हामीलाई नेपालबाट शाही नेपाली जङ्गी अड्डाले काठमाडौ‘–दिल्ली–काठमाडौ‘को भ्रमणको व्यवस्था गरेको थियो ।

शाही नेपाल वायुसेवा निगमको फोकर जहाजबाट पटनासम्म उडेर त्यहाँदेखि रेलबाट यात्रागर्दै हामी नयााँदिल्ली पुगेका थियौ । राष्ट्रिय सेवादलका प्रमुख महासेनानी श्रीप्रसाद बुढाथोकीले हामीलाई विमानस्थल छाड्दा दिल्ली पुगेपछि नेपाली दूतावासमा जानु भनिएको थियो ।  

हामी राष्ट्रिय सेवादलको पोशाकमै गएका थियौ र पोसाककै कारणले हामीलाई रेलमा बस्न सजिलै सिट उपलब्ध भयो । हाम्रा पेटीमा खुकुरी झुन्डिएका थिए । रेलको साधारण डिब्बाको यात्रामा कतिपय भारतीय यात्रुको दृष्टि खुकुरीमा परिरहेको देखिन्थ्यो । हेर्न खोजेका होलान् भनेर यसो दाफबाट झिक्न खोजेको त ‘नहीँ नहीँ भनेर यती डराए कि हामी त छक्कै प¥यौ ।

गोर्खाली र खुकुरी भनेपछि थुरथुर हुने रहेछन्, पहिलो दिनमै त्यो सिकियो । दोस्रो दिनको साँझपख बाह्रखम्बास्थित नेपाली दूतावास पुगियो । सैनिक सहचारी प्रमुख सेनानी न्यौपानेले हामीलाई दूतावासमै बस्ने बन्दोबस्त गरिदिए र भोलिपल्ट करिब दश बजे हामीलाई लिन आउने पनि भनियो । भारतीय सेनाका मेजर मोरेरा लिन आए र हामीलाई दुइटा एम्वेस्डर मोटरहरूमा राखेर लगे । पालम हवाई अड्डाको चौरमा छुटृाछटृै देशको विशेष आवास व्यवस्था गरिएको पालहरूमा हामीलाई राखियो । दिनको खाना पश्चात् सो दिन सम्पूर्ण कार्यक्रमहरूका बारेमा जानकारीमूलक सत्र सञ्चालन गरिएको थियो । भ्रमणमा तीन नेपालीसहित अमेरिकी, बेलायती, इन्डोनेसियाली र श्रीलङ्काली दुई गरी १४ जना विदेशी राष्ट्रिय सेवादलका व्यक्तिहरू सहभागी भएका रहेछौँ । नेपाली राजदूतावासदेखि पछि त्यही नछाडुञ्जेलसम्म केरलाका भारतीय सेनाका मेजर निज मोरेरा नै हामी सबैका पथप्रदर्शक बनिरहे । 

(दिल्लीमा बाञाबाट उपेन्द्र भटटराई, मुरारिविनोद पोखरेल र बँशिधर बज्राचार्य)

एक साता दिल्ली बसाईमा विभिन्न विशिष्ट व्यक्तिहरूस‘ग भेटघाट गराउने तथा त्यहाँका विविध स्थानहरूमा हामीलाई घुमाइयो । पुरानो दिल्लीको चाँदनी चोकदेखि लालकिल्ला, जन्तरमन्तर, कुतुबमिनार, जमामस्जिद, पुरानो किल्ला, इन्डिया गेट, गान्धी समाधि, कन्नट प्लेस आदि । त्यसपछि, दिल्ली बाहिर भने आग्रा, जयपुर, फत्तेपुर, अजन्ता इलोरा, पुणे, मुम्बई, एलिफान्टा केभ जस्ता स्थानहरूमा हामीलाई लगिएको थियो ।मुख्य समारोह २६ जनवरीको दिनमा सञ्चालन भएका विविध कार्यक्रमहरू परेड, झाँकी लगायत सबै निकट रहेर हेर्ने अवशर हामीलाई प्राप्त भयो । सोही अपराह्न तत्कालीन राष्ट्रपति महामहिम भी.भी.गिरीस‘ग भेट र चियापानमा सरिक हुन पाइयो । महामहिमसँग‘ग भेट्दा सचेत गराइए झैँ‘ हामीले उहाँको उमेरलाई ख्याल गरेर महामहिमले धेरै लच्केर हाम्रो हात भेट्न नपरोस् भनी अलि नगिच पुग्ने, कडातालले सेनाको जस्तो नभई नरम ढङ्गले हात मिलाउने, हात बेस्सरी नझड्कार्ने जस्ता उपयुक्त विधिहरू अपनाउनु परेको थियो । सेनाको जोसिलो बेलामा भएपनि सँयमता अपनाउनुपर्ने कुरापनि त्यसै बखत सिकिएको हो । 

सायद मर्यादा अनुकूल अगाडि पछाडि मिलाउन हो कि राष्ट्रपति भेट्नु अघि अर्थात् २५ जनवरीकै बिहान तत्कालीन प्रधानमन्त्री महामहिम इन्दिरा गान्धीसँग भेटगर्न र बिहानको खाजा खान महामहिमको निवासमा जाने हाम्रो कार्यक्रम थियो । तीन नेपालीका कमर पेटीमा स–साना खुकुरीहरू झुन्डिएका थिए । अतः हामीहरूलाई सुरक्षा कुनोमा लगेर खुकुरी, कर्द र चकमक निकाल्न भनियो । त्यसबखत कडा सुरक्षाको बन्दोबस्त देख्दा मलाई लाग्या थ्यो कि– प्रधानमन्त्रीलाई नजिकबाटै देख्नसम्म पनि पाइन्छ कि पाइँदैन । खाना कक्ष पुग्दा त्यस्तो अवस्था थिएन । म पहिलो टेबलमै परेको थिए ।

सांस्कृतिक कार्यक्रमा…डम्फुत छालाको गीत गाउंदै

प्रधानमन्त्रीलाई सबैसँग कुरा गर्न सजिलोका लागि प्रत्येक टेबलमा एक–एकओटा मेच खाली राखिएको हुँदो रहेछ । प्रधानमन्त्री गान्धी कोठाभित्र पस्नासाथ परिचय कार्यक्रम सुरुभयो, पहिल्यै सिकाइए बमोजिम मैले आफ्नो र देशको नाम कनीकुथी अङ्ग्रेजीमा भने । त्यसपछि मुस्किलले ‘एस’ वा ‘नो’ मात्र भन्न सकियो । प्रवेशिका र आइ.ए.मा अङ्ग्रेजीमा सामान्य पास गरेको मलाई अङ्ग्रेजी आउँदैनथ्यो, तब बोल्ने आँटै आएन । त्यसताका हामी साधरणतया अङ्ग्रेजी बोल्ने नै गर्दैनथ्यौ‘, तसर्थ बोल्न सक्ने कुरा पनि भएन । त्यतिबेलासम्म मैले हिन्दी त पढे–सुनेकै थिइन, तापनि हिन्दी सामान्य बुझ्नसम्म सक्थे, बोल्ने होइन । प्रधानमन्त्री गान्धीले सानैमा बुवा जवाहरलालसँग र त्यसपछि दुईपटक नेपाल आएको सुनाउनुभयो । कुराकानीका क्रममा उहाँले नेपाललाई सुन्दर देश भन्न चुक्नु भएन । म केवल श्रोता मात्र बनिरहेँ । 

अँग्रेजी बोल्न नसकेको खड्केर भ्रमण सकेर स्वदेश आएपछि मैले प्यारोडी गीत ‘जोवन गयो इङ्लिस त आएन लै लै, केश फुल्यो अङ्ग्रेजी जानिन लै लै यो अङ्ग्रेजीलाई लिलाम, यो इङ्लिसलाई सलाम ।’ लेखेको थिए र अन्तर्राष्ट्रिय भाषा अङ्ग्रेजी लेख्न बोल्न सिक्न दवाव महशूस तबदेखि मलाई भएको थियो ।

दिल्लीमा हामीहरूलाई साइकल पोलो देखाउन पनि लगियो, जहाँ प्रतिरक्षा उपमन्त्रीले सोबारे जानकारी दिँदै थिए । यसलाई सञ्चार माध्यमले प्रकाशन गरे । पत्रपत्रिकामा पहिलो पटक खबर सहित आफ्नो तस्बिर देख्न पाउनु हाम्रा लागि गजबको कुरा थियो ।भ्रमण अवधिभर रा.से.द.समूहकालागि सेना प्रमुख, राज्यपालकहाँ अथवा ठुला होटेलमै बिहानी, दिउँसो वा रात्रिकालीन खाजा खानाको व्यवस्था गरिएको हुन्थ्यो । त्यस्तो माहौलले हामीलाई बेग्लै ऊर्जा दिइरहेको हुन्थ्यो । यसै गरी, चण्डीगढ़मा आठ किलोमिटर लामो भूभागमा पानी जमाएर बनाइएको भाख्रानङ्गल विशाल बाँध हाताकै पाहुनाघरमा बस्दा र सोसम्बन्धी चलचित्र हेर्दा हामी अचम्मित भएका थियौ‘ । त्यसबखत पाकिस्तानसँगको लडाइँमा प्रयोग गरिएको लडाकु विमान, विभिन्न सङ्ग्रहालय, चिडियाखाना, सॉस्कृतिक तथा पुरातात्त्विक स्थल, पूणेको नेसनल डिफेन्स एकेडेमी, मुम्बइको ‘हाएङ्गिग गार्डेन’ वा ‘मेरिन बिच’ आदिका अवलोकन तथा विभिन्न स्थानको भ्रमण हाम्रालागि अविस्मरणीय भयो ।यस दललाई मुम्बईमा नेभीको मुख्य कार्यालय भवनमा राखिएको थियो, जुन समुद्रको किनारमा थियो । सो भवन ठुलो पानीजहाजको स्वरूपमा बनाइएको थियो । यस कारण, पानीजहाजभित्रै रहेको आभास भइरहन्थ्यो । त्यतिबेलासम्म मलाई लाग्यो– सबै नयाँ, आहा ! वाह ! … समुद्रसँगको पहिलो भेट झन् रोचक आदि । 

रक्षा मन्त्री श्री स्वर्ण सिंहसँग

एक दिन हामीलाई मुम्बई नजिक मोटरबोटमा एक घण्टामा पुगिने एलिफान्टा केभ लगियो । त्यहाँ समूह समूहमा वनभोज कार्यक्रम आयोजना गरिएको हुँदो रहेछ । एलिफान्टा केभमा मानव भिडले बुट्यान थिचेर सोत्तर बनाएर अग्ला रुखहरूमात्र बचेका, स–साना थुम्काथुम्की भएका डाँडा रहेछन् । त्यहाँ ठुलो आवाजमा गाना बजाना हुँदो रहेछ, जुन झर्कोलाग्दो थियो । थामिनसक्नु भीडभाड हुँदो रहेछ ।

सांस्कृतिक कार्यक्रमा…डम्फुत छालाको गीत गाउंदै

ससाना सतरञ्जा, तन्नालगायत ओछ्याउने बिछ्याएर आ–आफ्ना लागि ठाउँ ओगटिँदो रहेछ । मानिसहरू नाच गान आदिमा मस्तसँग रमाइरहेका देखिए । त्यहाँ घुमिरह‘दा मैले भने नेपालमा हजारॉै त्यो भन्दा उम्दा मनोरञ्जन स्थलहरू छन् भनेर सम्झिरहेको थिए‘ । दिल्लीमै एक साँझ भारतीय रा.से.द.र पाहुना रा.से.द.सम्मिलित सॉस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो, जसमा नेपाली टोलीले भो ‘सुन चाँदीको हैन नि बजेको डम्फु त छालको..’ बोलको गीत प्रस्तुत गरेको थियो ।

अँग्रेजी बोल्न नसकेको खड्केर भ्रमण सकेर स्वदेश आएपछि मैले प्यारोडी गीत ‘जोबन गयो इङ्लिस त आएन लै लै, केश फुल्यो अङ्ग्रेजी जानिन लै लै यो अङ्ग्रेजीलाई लिलाम, यो इङ्लिसलाई सलाम …’ लेखेको थिए र अन्तर्राष्ट्रिय भाषा अङ्ग्रेजी लेख्न बोल्न सिक्न दबाब महसुस तबदेखि मलाई भएको थियो । महालक्ष्मी नगरपालिका ४, इमाडोल, ललितपुर

प्रतिक्रिया राख्नुहोस्

Back to top button