तपाईँ सुन्दै हुनुहुन्छः

सौराहाचोकमा सवारी दुर्घटना, एक जनाको मृत्यु

चितवन । रत्न नगरको सौराहाचोकमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

गए राति सौराहा चोकबाट सौराहा तर्फ जाँदै गरेको बागमती प्रदेश ८९३१ नम्बरको मोटर साइकलले पैदल यात्रुलाई ठक्कर दिई विपरीत दिशातर्फबाट आइरहेको ना १ ज ४८५९ नम्बरको ट्याक्सीमा ठोक्किँदा मोटरसाइकलमा सवार रत्न नगर १२ निवासी सन्देश चौधरीको घटनास्थलमै ज्यान गएको हो ।

मोटरसाइकलले ठक्कर दिई घाइते भएका रत्न नगर १ निवासी कृष्णलाल श्रेष्ठको भने सामान्य अवस्थामा चितवन मेडिकल कलेजमा उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button