तपाईँ सुन्दै हुनुहुन्छः

विराटनगर महानगरपालिकाले आफ्नै पाठ्यपुस्तक सञ्चालनमा ल्याउँदै

विराटनगर । विराटनगर महानगरपालिकाले महानगरपालिका क्षेत्रभित्रका आधारभूत विद्यालयहरूमा नमुना  पाठ्यपुस्तक  लागु गर्ने भएको छ । 


कक्षा १ देखि ५ सम्मका सामुदायिक तथा संस्थागत विद्यालयमा महानगरपालिकाले  आफ्नै पाठ्यपुस्तक लागु गर्न लागेको हो । 


महानगरपालिकाको हाम्रो विराटनगर कक्षा–१ देखि कक्षा– ५ सम्मको स्थानीय पाठ्यक्रमको आज विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली तथा उपप्रमुख इन्दिरा कार्कीले एक कार्यक्रमका बिच विमोचन गर्नुभयो । 


कार्यक्रममा मेयर पराजुलीले विराट राजा दरबार, ऐतिहासिक जुट मिल, रेडियो नेपालको स्थापना, विराटनगरको रथयात्रा, ऐतिहासिक आदर्श विद्यालय, कोइराला निवास विराटनगरको धरोहर र पहिचान भएकाले  यस्ता ऐतिहासिक महत्त्वका विषयबारे बालबालिकालाई सहज रुपमा जानकारी गराउन महानगरपालिकाले विशेष विज्ञताको आधारमा आफ्नै पाठ्य पुस्तक सुरु गर्न लागेको प्रस्ट पार्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button