तपाईँ सुन्दै हुनुहुन्छः

‘बाल अधिकार हननका घटना भएमा स्थानीय तहबाटै सम्बोधन’

काठमाडौँ । राष्ट्रिय बाल अधिकार परिषद्ले बाल अधिकार हननका जुनसुकै घटना भएमा स्थानीय तहबाटै तत्काल सम्बोधन गर्न सक्ने जनाएको छ । 


परिषद्ले आज काठमाडौँमा आयोजना गरेको बालबालिका सम्बन्धी ऐन २०७५ को व्यवस्थाहरू स्थानीय तहमा कार्यान्वयनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा परिषद्का कार्यकारी निर्देशक मिलन धरेलले बालबालिका हराएमा वा उद्धार गर्नुपरेमा स्थानीय तहबाटै समन्वय हुने गरी काम भइरहेको जानकारी दिनुभयो । 


कार्यक्रममा बागमती प्रदेशका सांसद दिपक निरौलाले प्रदेश सरकार स्थानीय तहहरूमा बालबालिका सम्बन्धी भएका व्यवस्था कार्यान्वयनमा प्रतिबद्ध रहेको बताउनुभयो । 


कार्यक्रममा काठमाडौँ. जिल्लाका जनप्रतिनिधिहरुले स्थानीय तहमा बालबालिकासम्बन्धी कार्यको विवरण प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button