तपाईँ सुन्दै हुनुहुन्छः

भिमाद नगरपालिकाद्वारा दुई एम्बुलेन्स सञ्चालन

तनहुँ । तनहुँको भिमाद नगरपालिकाले दुई एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । 


एम्बुलेन्सको अभावमा नगरबासीहरुले समस्या खेप्दै आएको गुनासो बढ्न थालेसँगै नगरपालिकाले दुई एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याएको हो ।


झन्डै २० लाखमा खरिद गरेर ल्याइएको एम्वुलेन्सहरु सञ्चालनका लागी बिहीबार नगरपालिकामा एक कार्यक्रम आयोजना गरेर समुदायलाई हस्तान्तरण गरिएको छ । नगर प्रमुख मेख बहादुर थापाले एम्बुलेन्स सञ्चालक समितिका संयोजकहरू दिना गोतामे र बाबुराम रानालाई चाबी हस्तान्तरण गरी प्रभावकारी सञ्चालन गर्न आग्रह गर्नुभयो ।


नगर प्रमुख थापाले भिमाद नगरपालिका क्षेत्रमा एम्बुलेन्स पर्याप्त नहुँदा भाडा र अन्य पालिका तथा अस्पतालबाट एम्बुलेन्सको सेवा लिनुपर्ने अवस्था रहेको स्मरण गर्नुभयो । उहाँले अबका दिनमा नगरले सञ्चालन गरेको एम्बुलेन्सबाट प्रभावकारी सेवा सञ्चालन हुने विश्वास व्यक्त गर्दै नगरवासीहरुलाई सहज हुने दाबी गर्नुभयो ।


एम्बुलेन्स सञ्चालनका लागि नगरपालिकाले जनप्रतिनिधि समेत रहेका गोतामे र रानाको संयोजकत्वमा भेगीय सहभागिता हुने गरी समिति गठन गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button