तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पामा ‘तपाईँको मास्क खोइ?’ अभियान सञ्चालन

रोल्पा । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय रोल्पाको आयोजनामा आज लिवाङ बजार क्षेत्रमा कोरोना संक्रमण विरुद्ध जनचेतना फैलाउनका लागि ‘तपाइको मास्क खोइ?’ अभियान सञ्चालन गरिएको छ ।


अभियानको क्रममा व्यापारी, बाटोमा हिँड्ने पैदल यात्री, सवारी साधनका यात्रु, सवारी चालक लगायत सर्वसाधारण हरूलाई मास्क लगाउन अनुरोध गर्दै मास्क वितरण गरिएको थियो ।


अभियानमा नगर प्रमुख पूर्ण के सी प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, स्वास्थ्य कार्यालय प्रमुख नोखराज पोख्रेल, जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी नरेशराज सुवेदी लगायत प्रहरी, स्वास्थ्यकर्मी, सशस्त्र प्रहरी बल, पत्रकार आदिको सहभागिता थियो । 


अभियान अन्य ठाउँमा दैनिक चलाउने कार्यक्रम तय भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button