झापामा घरको पर्खालले किचेर एक जनाको मृत्यु
भद्रपुर, झापा । घर पर्खाल भत्काउने क्रममा घरको पर्खालले किचेर झापामा एक जना मजदुरको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहीबार झापा गाउँपालिका वडा नं २ मा स्थानीय विकास अग्रवालको घर भत्काउने क्रममा सोही घरको पर्खालले किचेर झापा बजारका ३५ वर्षीय रपेश सिंहको मृत्यु भएको हो ।
घर भत्काउने मिस्त्रीको काम गर्दै आएका सिंहको बिर्तामोडस्थित बी एण्ड सी हस्पिटलमा उपचारको क्रममा अपराह्न मृत्यु भएको प्रहरीले जनाएको छ ।
पर्खालले किचेर गम्भीर घाइते भएका उनलाई स्थानीयले हस्पिटल पुर्याएका थिए ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डिएसपी राकेश थापाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्