सेती प्रादेशिक अस्पतालमा उपचाररत दुई जना कोरोना सङ्क्रमितको मृत्यु

धनगढी । कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
आज कोरोना सङ्क्रमित डोटीका ३३ वर्षीय पुरुष र ६५ बर्षिया महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताउनुभयो । दुवै जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
यसैगरी सेती प्रादेशिक अस्पतालमा आज गरिएको परीक्षणमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्