तपाईँ सुन्दै हुनुहुन्छः

पोखरीमा डुबेर ६५ वर्षीय वृद्धको मृत्यु

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकामा पोखरीमा डुबेर एक ६५ वर्षीय वृद्धको मृत्यु भएको छ । 

मृत्यु हुनेमा कञ्चनरुप –९ का ६५ वर्षीय बिरजु सरदार रहेका छन् । 

छोरी ज्वाइँ जितन सरदारको घर आएका उनी विष्णु मन्दिर पछाडि रहेको सन्तोष यादवको माछा पालन पोखरीमा डुबेर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

मादक पदार्थ सेवन गरेर हल्ला गर्दै हिँडेका सरदारको घरदेखि एक किलोमिटरको दूरीमा रहेको कञ्चनरुप नगरपालिका मिल टोलस्थित पोखरीको डिलमा लुगा र चप्पल फेला परेको थियो ।

पोखरीको डिलमा लुगा र चप्पल फेला परेपछि पोखरीमा डुबेको आशङ्कामा खोजी गरिएको सशस्त्र प्रहरी बल ६ नम्बर गण गोरगमाका सशस्त्र प्रहरी नायव उपरीक्षक श्याममणि ढकालले बताउनुभयो । 

गाउँलेहरूको प्रयासमा शव निकाल्न नसकिएपछि सशस्त्र प्रहरी बलको गोताखोर टोलीले पोखरीबाट शव निकालेको हो ।

उनी के कारण पोखरीमा हाम फाले भन्ने विषय खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button