तपाईँ सुन्दै हुनुहुन्छः

सभामुख सापकोटा र उर्जामन्त्री भुसालबीच छलफल

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटा र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालबीच संसद्लाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । 

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको छलफलमा उहाँहरुबीच सदनको कामकारबाही अगाडि बढाउने विषयमा छलफल भएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।

भेटमा सभामुख सापकोटा र मन्त्री भुसालबीच मौसमजन्य विपत्तिले देशभरका नदी तटीय क्षेत्रमा भएको क्षति र नदी कटान नियन्त्रणका लागि सरकारी प्राथमिकताका विषयमा पनि छलफल भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button