तपाईँ सुन्दै हुनुहुन्छः

खाद्य स्वच्छता तथा गुणस्तर विधेयक र निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेस

केशव ढुङ्गाना  

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७ तथा निर्वाचन आयोग नेपालको वार्षिक प्रतिवेदन २०७६/०७७ पेस गर्नुभएको छ । 

यस्तै आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको लोकसेवा आयोग विधेयक २०७५ पेस भएको छ ।

बैठकको विशेष समयमा बोल्दै सांसदहरूले दार्चुलामा तुहिनबाट महाकाली नदी तर्ने क्रममा स्थानीय जयसिंह धामी नदीमा बगेको घटनामा भारतसँग तत्काल प्रभावकारी संवाद गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसदहरू प्रकाश पन्त, तारदेवी भट्ट, कोमल ओली, तुलसाकुमारी दाहाल लगायतले महाकाली घटनासँगै नेपाल–भारत सीमा क्षेत्रमा भएका अन्य समस्या समाधानका लागि कूटनीतिक र राजनैतिक स्तरमा वार्ता र छलफल गर्न सरकारसँग माग गर्नुभयो । 

सांसद तुलसाकुमारी दाहालले कोरोना महामारी नियन्त्रणमा खटिएका स्थास्थ्यकर्मीहरुलाई तत्काल सरकारले घोषणा गरे अनुसारको सेवा–सुविधा उपलब्ध गराई महामारी नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन माग गर्नुभयो । 

डा.विमला राई पौडेलले शान्ति प्रक्रिया टुङ्गाएर सशस्त्र द्वन्द्वका पीडितलाई न्याय दिन सरकार, राजनैतिक दलहरूलाई आग्रह गर्नुभयो । 

राष्ट्रिय सभाको अर्को बैठक श्रावण २४ गते आइतबार दिउँसो १ः०० बजे बस्ने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button