बारामा शतप्रतिशत धान रोपाई सम्पन्न
बारा । यसबर्ष समयमा नै पानी परेकोले कृषकहरूले बारामा शतप्रतिशत धान रोपाई सकिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
यसबर्ष कृषकहरूले बर्षे धान भदैया अगहनी गरी कुल ४६ हजार हेक्टर क्षेत्रफलमा विभिन्न जातका धान रोपाई सम्पन्न भएको कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक गेनालाल मण्डलले जानकारी दिनुभयो ।
जिल्लाको कुल ६९ हजार ९ सय ६३ हेक्टर कृषियोग्य जमिन मध्ये तराई क्षेत्रमा ६१ हजार ८ १८ हेक्टर र चुरे, पहाडमा ९ सय ९५ हेक्टरमा खेती हुने भएको ज्ञान केन्द्रले जनाएको छ ।
त्यसैगरी तराईमा ६ सय ६१ एवम् चुरे, पहाडमा ४ सय ५८ हेक्टर जमिनमा खेती हुने गरेको छैन ।
बर्ष भरी सिचित हुने ३ हजार ३ सय १३ हेक्टर, वर्षभरि सिचित नहुने २९ हजार ६ सय ९१ हेक्टर रहेको छ ।
जिल्ला भरीमा कृषकहरूले चैते, अगहनी र भदैया गरी ४८ हजार ३ सय ५१ हेक्टर क्षेत्रफलमा उत्पादन भइरहेका छ भने बाँकी क्षेत्रफलमा माछा, उखु, मकै उत्पादन हुने गरेको छ ।
गतबर्ष कृषकहरूले चैते धान, २२ सय ५५ हेक्टर, बर्षे भदैया ११ हजार ९ सय ३१ हेक्टर क्षेत्रफल र अगहनी ३४ हजार १ सय ६५ हेक्टरमा धान खेती भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्