कास्की प्रशासनले ग¥यो : पोखरा हस्पिटलको ल्याब र फार्मेसी सिल

पोखरा । कास्कीको पोखरामा रहेको पोखरा हस्पिटल एण्ट रिसर्च सेन्टर प्रालिद्वारा सञ्चालित हस्पिटलको ल्याब र फार्मेसी सिल गरेको छ ।
ल्याब र फार्मेसी दर्ता बिना नै सञ्चालन भइरहेको खुल्न आएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले ल्याब र फार्मेसी सिल गरेको जनाएको छ ।
हस्पीटलका केही शेयर सदस्यहरूले आफूहरूलाई झुकाएर फार्मेसी र ल्याब सञ्चालनमा ल्याइएको भन्दै आपत्ति जनाएका थिए ।शेयर सदस्यहरूले भने “हामीलाई त बारम्बार दर्ता छ भनेर ल्याब सञ्चालनमा ल्याइयो तर बुझ्दै जाँदा दर्ता नभएको पाए पछि हामी कृषि शेयर सदस्यहरु मिलेर उजुरी गर्ने निर्णय गरेका हौ ” दर्ता गरेर फार्मेसी र ल्याब सञ्चालन गरेको बताएर अध्यक्ष डाक्टर गोपी हिराचन र सोही अस्पतालका प्रबन्ध निर्देशक सञ्जय कोइरालाको मिलेमतोमा गुमराहमा पारेको शेयर सदस्यहरूको आरोप छ ।
अवैध तरिकाले लाखौँ राजस्व छली गरेको उजुरी परेपछि जिल्ला प्रशासन कार्यालयले मङ्गलवार अस्पतालमा अनुगमन गरेको थियो।
सोही अनुगमनका क्रममा दर्ता नगरेको थाहा भएपछि फार्मेसी र ल्याब सिल गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो ।
प्रशासनले बुधवार १० बजे सम्मका लागि दर्ता गरेको प्रमाणपत्र पेस गर्न समय तोकेको थियो। यद्यपि, अस्पतालले प्रमाण पेस गर्न सकेको छैन ।
‘दर्ता बिनै ल्याब र फार्मेसी सञ्चालन भइरहेको छ भन्ने उजुरी आएपछि जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयबाट गएर छानबिन गर्यौँ। दर्ता भएको रहेनछु प्रमुख जिल्ला अधिकारी गौतमले भन्नु भयो पोखरा हस्पिटल एण्ट रिसर्च सेन्टर प्रालि विस २०५५ देखि सञ्चालनमा आएको अस्पतालमा हो ।
अस्पतालका प्रबन्ध निर्देशक सञ्जय कोइरालाले आफूहरू दर्ता प्रक्रियामै रहेको बताउनुहुन्छ बिरामीको सुविधाका लागि फार्मेसी र ल्याब सञ्चालनमा ल्याएको बताउदैें, दर्ता प्रक्रियामै रहेको बेला जिल्ला प्रशासनले सिल गरेको बताउनुहुन्छ ।








प्रतिक्रिया राख्नुहोस्