तपाईँ सुन्दै हुनुहुन्छः

धनकुटामा आज ५९ जनामा कोरोना संक्रमण पुष्टि

धनकुटा । धनकुटामा कोरोना संक्रमित सङ्ख्या २ हजार ४ सय ९४ पुगेको छ । आज जिल्लामा ५९ जनामा कोरोना संक्रमण पुष्टि भए सँगै संक्रमित  सङ्ख्या  २ हजार ४ सय ९४ पुगेको हो । आज ४३ जना निको भएका छन् भने यो सँगै जिल्लामा निको हुनेको सङ्ख्या २ हजार २ सय ६३ पुगेको प्रदेश १ कोरोना संक्रमण व्यवस्थापन केन्द्रको आजको तथ्याङ्कमा उल्लेख  छ ।

त्यस्तै गरी ४ हजार ९ सय ६५ जनाको कोरोना परीक्षण गरिएको छ । हालसम्म सक्रिय संक्रमित जिल्लामा  २ सय २ जना रहेका छन् भने १ सय ८२ जना होम आइसोलेसनमा र संस्थागत आइसोलेसनमा ११ र ९ जना जिल्ला अस्पतालमा उपचाररत रहेका छन् ।  जिल्लामा आइसोलेसन बेड ७९ वटा रहेका छन् भने ६८ वटा अक्सिजन सिलिन्डरको व्यवस्था रहेको छ । 

जिल्लामा हालसम्म मृत्यु हुने सङ्ख्या २९ पुगेका छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button