१३ वर्षीया बालिकालाई जबरजस्ती करणीको प्रयास गर्ने एक वृद्ध पक्राउ
डडेलधुरा । डडेलधुरामा बालिकालाई जबरजस्ती करणीको प्रयास गर्ने एक वृद्धलाई पहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको नवदुर्गा गाउँपालिका–३ का ६३ वर्षीय नरबहादुर खाती रहेका छन् ।
साउन १५ गते १३ वर्षीया बालिकालाई जबरजस्ती करणीको प्रयास गरेको भन्दै आफन्तले उजुरी दिएपछि खातीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक राजेन्द्र चन्दले जानकारी दिनुभएको छ ।
बालिकाका आफन्तले उजुरी दिएपछि उनी पक्राउ परेका हुन ।
अहिले अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक चन्दले बताउनुभयो ।
यसअघि पनि ती पुरुषले पटक पटक बालिकामाथि करणी प्रयास गरेको आफन्तले बताउँदै आएका छन् ।
नरबहादुरले बालिकालाई टेलिभिजन खोल्न भनेर बोलाएको र त्यसपछि उनीमाथि जबरजस्ती करणी गर्ने प्रयास गरेको आफन्तको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्