पाल्पामा थप कडाइ गर्दै साउन ३२ गतेसम्म निषेधाज्ञा थपियो

पाल्पा । पाल्पामा निषेधाज्ञा थप कडाइ गर्दै साउन मसान्तसम्मका लागि थप गरिएको छ ।
बिहान ७ः०० बजेदेखि बेलुका ७ः०० बजेसम्म खुल्दै आएका पसल अबदेखि बिहान ७ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म मात्र सञ्चालन हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
आज बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले साउन ३२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो ।
पाल्पामा दैनिक ५० जनाको हाराहारीमा सङ्क्रमित थपिएको हुँदा स्वास्थ्य मापदण्डको पालनामा कडाइ गर्न निर्णय भएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्