तपाईँ सुन्दै हुनुहुन्छः

बिद्युत् लाइन नियमित गर्न युवा विद्यार्थीको माग

भोजपुर । भोजपुरमा बिद्युत् लाइन नियमित नभएको भन्दै युवा बिद्यार्थीहरुले नेपाल बिद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रको ध्यानाकर्षण गराएका छन् ।


बिद्युत् लामो समयदेखि अनियमित हुँदा आफूहरूको अध्ययनमा समेत बाधा परेको भन्दै तत्काल सुधार गर्न बिद्यार्थीहरुले माग गरेका हुन् । नेपाल बिद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका निमित्त प्रमुख युवराज घिमिरेलाई भेटेर युवा बिद्यार्थीहरुको समूहले बिद्युत् लाइन अनियमित भइरहँदा पनि प्राधिकरणले त्यसतर्फ ध्यान नदिएको भन्दै यसबाट कोरोना सङ्कटका बिचमा चलिरहेको अनलाइन कक्षा समेत प्रभावित हुँदा विद्यार्थी पठनपाठनबाट समेत वञ्चित हुनु परेकोले सुधार गर्न माग गरेका छन् ।


ध्यानाकर्षण पत्र बुझ्दै नेपाल बिद्युत् प्राधिकरण भोजपुरका निमित्त प्रमुख घिमिरेले बिद्युतमा देखिएको समस्या समाधानका लागि आफूले केन्द्र प्रमुख आएपछि जानकारी गराउने बताउनुभयो । 


भोजपुरमा हाल हिले भोजपुर ३३ केभी प्रसारण लाइनका साथै स्थानीय इष्टर्न हाइड्रोपावर र टक्सार पिखुवा खोला हाइड्रोपावरबाट बिद्युत् सेवा सञ्चालन हुँदै आइरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button