तपाईँ सुन्दै हुनुहुन्छः

सशस्त्र प्रहरी जवान मृत भेटिए

धनगढी  । कैलालीको धनगढीस्थित सशस्त्र प्रहरी बल नं ३४ गण हेडक्वार्टर परिसरमा आज एक जना सशस्त्र प्रहरी जवान मृत भेटिएका छन् । 

हेडक्वाटरमा कार्यरत सशस्त्र प्रहरी जवान हरिष शाही कार्यालय परिसरभित्र पानी जमेको ठाउँमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । 

उनको  डडेलधुरा भागेश्वर गाउँपालिकामा घर भएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button