ताप्लेजुङमा पाँच हजारभन्दा बढिले नागरिकता लिए
ताप्लेजुङ । ताप्लेजुङमा गत आर्थिक वर्ष २०७७/०७८ मा झण्डै पाँच हजारभन्दा बढिले नागरिकता लिएका छ ।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार पाँच हजार नौ सय ३६ जनाले नागरिकता लिएका हुन् । जसमा बंंशजको आधारमा २ हजार ८ सय २३ जनाले, प्रतिलिपि नागरिकता २ हजार १ सय ८ र वैवाहिक अङ्गीकृत नागरिकता ५ जनाले लिएको कार्यालयले जनाएको छ ।
यस्तै गत आर्थिक वर्षमै २८ हजार ११ जनाले राष्ट्रिय परिचय पत्र दर्ता गराएका छन् ।
दर्ता इकाईमार्फत १ हजार ५ सय ९४ महिला र २ हजार १ सय १० जना पुरुष गरी कुल ३ हजार ७ सय ४ जनाले दर्ता गराएका छन् ।
त्यस्तै अभियान अन्तर्गत १२ हजार ३ सय २८ जना महिला र ११ हजार ९ सय ७९ जना पुरुषले राष्ट्रिय परिचय पत्रका लागि दर्ता गराएका छन् ।








प्रतिक्रिया राख्नुहोस्