तपाईँ सुन्दै हुनुहुन्छः

‘महिला हिंसा र दुर्व्यवहार, छैन हामीलाई स्वीकार’

कञ्चनपुर । महिला तथा बालबालिका विरुद्ध बढ्दो हिंसा, दुर्व्यवहार तथा यौनजन्य अपराध नियन्त्रणका लागि कञ्चनपुरमा स्टिकर टाँस गरी पर्चा पम्प्लेटहरू वितरण गरिएको छ ।

 ‘सुरक्षित चेली अभियान’ अन्तर्गत  करिब २ सय ५० वटा सार्वजनिक सवारी साधनहरूमा महिला तथा बालबालिकाहरू माथि हुने अपराधका विरुद्ध “महिला हिंसा र दुर्व्यवहार, छैन हामीलाई स्वीकार” भन्ने नारा सहितका स्टिकर टाँस गरी पर्चा पम्प्लेटहरू वितरण गरिएको हो । 

सामुदायिक प्रहरी सेवा केन्द्र महेन्द्रनगरको आयोजना र जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र महेन्द्रनगर एवं जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरको सहकार्यमा मङ्गलवार महेन्द्रनगरमा सो कार्यक्रम गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button