छेउमा जम्मा गरिएका खाली बोतलले पुलनै कुरूप बन्दै

कञ्चनपुर । कञ्चनपुरमा रहेको दक्षिण एसियाकै सबैभन्दा लामो झोलुङ्गे पुल तथा पर्यटकीय स्थल दोधाराचांदनी नगरपालिका १ पुलमा मादक पदार्थका बोतल राखिदा कुरूप बन्दै गएको छ ।
पुल नजिकमा रहेका नास्ता पसल तथा होटलहरुले प्रयोग गरिसके पछि पेय पदार्थ तथा मदिराका बोतलहरू पुल नजिकै थुपारिदिँदा पुलको सुन्दरता तथा बाहिरबाट घुम्न आउने पर्यटकहरूमा नकारात्मक सन्देश जान थालेको स्थानीय बासिन्दाहरूको भनाई छ ।
बिस्तारै निषेधाज्ञा खुकुलो भएसँगै आन्तरिक तथा बाह्य पर्यटकहरू घुम्न आइरहेका यस पुलमा फोटो खिच्दा ती खाली बोतलहरू फोटोमा कैद हुने गरेका छन् ।

दोधाराचांदनी झोलुङ्गे पुल क्षेत्रमा घुम्न आउने स्थानीय पर्यटकहरूले मदिराका खाली बोतलहरू पुल छेउमा थुपारिनु ले यस क्षेत्रको नराम्रो सन्देश जाने भएकाले छिटै सफा गरिनु पर्ने बताएका छन् ।
उता दोधारा चाँदनी नगरपालिका वडा नम्बर १ का अध्यक्ष भक्त बहादुर सुनारले उक्त बोतलहरू छिटै हटाइने बताउनु भएको छ । वडा कार्यालयले सम्बन्धित व्यापारीहरूलाई हटाउनका लागि आग्रह गरी सकेको र आनाकानी गरिएमा जेसिविले सबै हटाइने समेत बताउनु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्