गण्डकी प्रदेश : सवै जिल्लामा १ हजार अक्सिजन सिलीण्डर दिने

पोखरा । केही दिन देखि कास्की लगायत गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणको दर वृद्धि भएको छ । संक्रमण दर वढेसगै कोरोना परिक्षण गर्ने प्राविधिकहरूको पनि अभाव देखिएको छ । प्रयोगशालामा काम गर्ने प्राविधिक देखि कोरोनाको स्वाब सङ्कलन गर्नेको सख्या निकै कम भएका कारण कोरोनाको रिपोर्ट दिन लामो समय लाग्न थालेको छ ।
कोरोनाको तेस्रो लहरको सामना गर्न गण्डकी प्रदेश सरकारले तयारी थालेको जनाएको छ । पछिल्ला दिनहरूमा कोरोना सङ्क्रमितहरूको सख्या प्रदेशमा बढ्न थाले सँगै स्वास्थ्य तथा जनसख्या मन्त्रालय गण्डकी प्रदेशले सबै जिल्लाहरूमा आवश्यक पर्ने सामाग्री र जनशतिmको आकलन गरेर तयारीमा जुटेको हो । स्वास्थ्य तथा जनसख्या मन्त्री मधु अधिकारी गुरुङले “अव प्रदेशका सबै जिल्लाहरूमा अघिल्लो पटक अक्सिजन सिलीण्डर नभएर निकै गाह्रो भयो यो पटक हामी सबै जिल्लाका अस्पतालहरूमा कम्तीमा एक हजार अक्सिजन सिलिन्डर राख्ने गरी काम गर्न ”लागेको बताउनु भयो ।
मन्त्री गुरुङले भन्नु भयो “तेस्रो भेरीयन्टले बालबालिकाहरूमा निकै असर गर्ने सुनिएको छ हामी प्रदेशका सबै बालबालिका तथा आम जनतालाई खोप लगाउने व्यवस्था गर्न पहल गरेका छौ । महामारीको सामान गर्न थप सङ्क्रमित फैलन नदिन प्रदेश भित्रने दक्षिणी नाका र पश्चिमी नाकाहरूका अस्थायी रुपमा स्वास्थ्य परिक्षण केन्द्र स्थापना गरेर कोरोना परीक्षणको दायरा बढाउने बताउनु भयो । यदि कसैलाई लक्षण देखा परेमा एम्वुलेसन मार्फत बिरामीको व्यवस्थापन गर्ने प्रदेश सरकारको तयारी रहेको छ ।
सङ्घीय सरकारले केही ठाउँमा आइसोलेसन वार्डहरू अझै व्यवस्थित गर्न अनुरोध गरिरहेको छ हामीले पनि लमजुङ कास्की , वाग्लुङ र म्यादी लगायत जिल्लाहरूमा आइसोलेसनका काम सुरु हुन लागको बताउनु भयो । करारमा धेरै कर्मचारी भएकोले प्रयोगशालाहरूमा प्राविधिकहरूको सख्या कम भएका कारण परीक्षणमा समस्या आएको बताउँदै अव व्यवस्थापनको लागी ठोस निर्णय गर्ने बाकी रहेको जनाउनु भयो ।अस्पतालहरूमा प्रदेश सरकारले ४ ओटा अस्पतालहरूमा बेड सख्या बढाउने अक्सिजन पल्नाटन नभएका अस्पतालहरूमा निमार्णको लागी तयारी अवस्थामा रहेको बताउनु भयो ।
प्रदेशका अधिकांश अस्पतालहरूमा कोरोना परिक्षण तथा स्राव सङ्कलन गर्ने जनशतिmको अभाव भएको छ । प्रदेशकै ठुलो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर परीक्षणको लागी प्रावीधका अभावका कारण स्राव सङ्कलन देखि रिपोर्ट प्रकाशन सम्म ढिलाइ हुने गरेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल प्रयोगशाला विभाग पिसिआर ल्याव प्राविधिक पशुपती महतो बताउनु हुन्छ ।








प्रतिक्रिया राख्नुहोस्