तपाईँ सुन्दै हुनुहुन्छः

चट्याङ लागेर बालकको मृत्यु

बैतडी । चट्याङ लागेर बैतडीमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका–९ मङरुका ९ वर्षीय भरतराम कोली रहेका बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो ।

सोमबार साँझ करिब ७ बजेतिर नजिकै रहेको पँधेरोमा पानी भर्न गएका बेला भरतलाई चट्याङ लागेको प्रहरीले जनाएको छ । चट्याङ लागेका बालकको घटनास्थलमै मृत्यु भएको हो । उनीसँगै पानी भर्न गएका एक अर्का बालिका भने सकुशल रहेका छन् । घटनास्थलमै रहेको शवको परीक्षण आज गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button