तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा कोरोना सङ्क्रमणका कारण थप दुई जनाको मृत्यु

नेपालगन्ज ।बाँकेमा कोरोना सङ्क्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा उपचाररत दोधारा चाँदनी नगरपालिका वडा नम्बर ६ कञ्चनपुरकी ७५ बर्षीया महिला र भेरीगंगा नगरपालिका ५ सुर्खेतका ५७ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताउनुभयो ।

यो सँगै कोरोनाबाट हालसम्म बाँकेका ३२२ र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ७९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button