बिमा लागु भएपछि अस्पताल आउने बिरामीको सङ्ख्या बढ्यो

काभ्रेपलान्चोक । काभ्रेको धुलिखेल अस्पतालमा स्वास्थ्य बिमा गरेको बिरामीको चाप बढ्न थालेको छ । कोरोना भाइरसको महामारीको बेला बिमा गरेकाहरू स्वास्थ्य जाँच गर्न काभ्रे लगायत ४ जिल्लाबाट आउन थालेका छन् ।
काभ्रे,सिन्धुली,रामेछाप,भक्तपुर र सिन्धुपाल्चोक बाट दैनिक ९ सय भन्दा बढी बिमाका बिरामीहरू स्वास्थ्य जाँच गर्न दिनहुँ आउने गरेको पाइन्छ । कोरोनाको उच्च जोखिमको बेला स्वास्थ्य मापदण्ड विना नै स्वास्थ्य सुविधा लीन बिमा कर्ता तथा अन्य बिरामीहरू बाध्य रहेका छन् ।सरकारले २०७२ सालमा सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम लागु गरेपछि उपचारका लागि अस्पताल आउने बिरामीको सङ्ख्या बढेको देखिन्छ ।
सङ्ख्याको तुलनात्मक वृद्धि सँगै अस्पतालले बढाउनु पर्ने सुरक्षाको मापदण्ड तथा कोरोनाको बेला अपनाउनु पर्ने सतर्कता बारे कुनै प्रकारको ध्यान नगएको धुलिखेल अस्पतालको हालको अवस्था छ । बिमित नागरिकले जिल्लामा रहेका सात वटा स्वास्थ्य संस्थामा गएर उपचार सुविधा लिन पाउने भएता पनि स्वास्थ्य संस्थामा फार्मेसी, दक्ष जनशक्ति तथा आवश्यक उपकरण नहुँदा धुलिखेल अस्पताललाई नै उपचारको प्रमुख गन्तव्य बनाउन आम सर्वसाधारण बाध्य छन् ।

धुलिखेल अस्पतालमा बिमा गरेका बिरामीको चाप बढेपछि अस्पतालमा आउने बिरामीले नाम दर्ता, प्रयोगशाला जाँचका लागि तिर्नुपर्ने रकम काउन्टर तथा फार्मेसीमा निसुल्क पाउने भएपछि नागरिकको भिड लाग्ने गरेको छ । तर बिरामीले पाउने सुविधामा भने औषधि भने अस्पतालको चरम लापबाहि देखिन्छ । सामान्य औषधि र उपचार मात्र पाएको र १ हजार भन्दा बढी रकमको सुविधा लिन भने अस्पतालले अन्य स्थानमा जान आग्रह गरेको बिरामीहरू बताउछन् ।
स्वास्थ्य बिमा बोर्ड काभ्रेको कार्यालय दर्ता अधिकारी तथा पूर्व कार्यालय प्रमुख मुना निरौलाले जिल्लामा उपचारका लागि तोकिएका स्वास्थ्य संस्थाहरूको आफ्नै फार्मेसी तथा उपचारका लागि आवश्यक पर्ने उपकरण नभएका कारण धुलिखेल अस्पतालमा बिरामीको चाप बढेको बताउनु हुन्छ । फार्मेसी नभएका स्वास्थ्य संस्थामा फार्मेसी स्थापनाका लागि पटक/पटक आग्रह गरिए पनि काम नभएको गुनासो दर्ता अधिकारी निरौलाले गर्नुभयो ।
धुलिखेल अस्पतालका अस्पताल प्रशासक प्रधुन्न श्रेष्ठले कोभिड अघिसम्म अस्पतालमा दैनिक बाह्र सय देखि चौध सय बिरामीहरू उपचारका लागि आउने गरेको बताउनु भयो । अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये ७० देखि ८० प्रतिशत स्वास्थ्य बिमाको सुविधा लिने बिरामीहरू रहेको उहाँले बताउनु भयो । बिमा कार्यक्रमपछि अस्पतालमा बिरामीको चाप बढेको बताउँदै अस्पतालमा हुने बिरामीको चापलाई घटाउनका लागि नियमित औषधि सेवन गर्ने बिमाका बिरामीलाई झन्झटबाट मुक्त गर्न औषधि लिने छुट्टै प्रिफेव भवन निर्माण भइरहेको प्रशासक श्रेष्ठले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्