तपाईँ सुन्दै हुनुहुन्छः

मामाघर आएका ७ वर्षीय बालकको पोखरीमा डुबेर मृत्यु

सप्तरी । सप्तरीमा पोखरीमा डुबेर एक ७ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको राजगढ गाउँपालिका ३ नर्घोका घुरन रामको ७ वर्षीय छोरा उमेश राम रहेका छन् ।

राजबिराज नगरपालिका १ चनौरा टोलमा मामाघर आएका बालकको पोखरीमा नुहाउने क्रममा सोमवार डुबेर मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।

मृतक बालकको शवलाई पोस्टमार्टमका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ भने घटना बारे थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button