सिद्धबाबामा ढुङ्गाले जिप च्याप्दा एकको मृत्यु
पाल्पा । बुटवल पाल्पा सडक अन्तर्गत सिद्धबावा नजिकै गुडिरहेको बलेरो जिपमा ढुङ्गा खस्दा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
पाल्पातर्फबाट बुटवलतर्फ जाँदै गरेको लु २ च ७३८७ नम्बरको बलेरो जिपमा ढुङ्गा खस्दा जिपका सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ । गए राति ८ : ३० बजेतिर सडक माथिबाट ढुङ्गा खसेको हो ।
ढुङ्गा खसेर च्याप्दा स्याङ्जा वालिङ नगरपालिका–११ का २३ वर्षीय आशिष खाँडको मृत्यु भएको प्रहरीले जनाएको छ । खाँडको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो । यस्तै चालक स्याङ्जा चापाकोट ५ का बर्ष २६ का डिलु थापाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्