पत्रकारलाई सेवाबाट निष्कासन नगर्न काउन्सिलको आग्रह
काठमाडौँ । प्रेस काउन्सिल नेपालले कोरोना सङ्क्रमणको समस्यालाई देखाएर पत्रकारको सेवा सुविधा कटौती गर्ने र सेवाबाट निष्कासन गर्ने कार्यलाई तत्काल रोक्न सम्बन्धित मिडियालाई आग्रह गरेको छ ।
काउन्सिलअन्तर्गत श्रमजीवी पत्रकार हित तथा कानुन उपसमितिको आज बसेको बैठकले नेपाल रिपब्लिका मिडिया प्रा.लि.द्वारा सञ्चालित नागरिक दैनिकमा कार्यरत ३६ भन्दा बढी श्रमजीवी पत्रकारको सेवा सुविधा उपलब्ध नगराएको, सेवाबाट निष्कासन गर्न खोजेको जस्ता कार्यप्रति सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
श्रमजीवी पत्रकारहरूलाई पारिश्रमिक उपलब्ध नगराउने र सेवाबाटै निष्कासन गर्ने जस्ता कार्य नियम, कानुन विपरीत भएको काउन्सिलले बताएको छ ।








प्रतिक्रिया राख्नुहोस्