तपाईँ सुन्दै हुनुहुन्छः

युरोपको ज्ञान र अनुभवको स्वदेशमा प्रयोग

काठमाडौँ । केही नयाँ र फरक काम गरौँँ भन्ने सोचाइ राख्ने पोखराका पूर्ण तिमल्सिना युरोप छाडेर अहिले स्वदेशमै रमाइरहनुभएको छ, आफ्नै सिर्जनाको इको एण्ड वाइल्ड भिलेजमा । अहिले तिमल्सिनाले कृषिजन्य जैविक उत्पादनका साथै कालिज पालनमा ख्याती कमाउनु भएको छ । अन्न र तरकारी लगायत जैविक वातावरण दिएर कालिज उत्पादनमा सफलता पाउन मुख्य भूमिका रहेको छ युरोपमा उहाँले गर्नुंभएको यस्तै व्यवसायको कामको अनुभवबाट ।

No description available.

युरोपमा कठोर परिश्रम र कर्म गरी व्यवसायिक रुपमा नै त्यहाँ स्थापित हुनुभएका तिमिल्सिना बेल्जियमको रोजगारीको अनुभव र स्वदेश फर्कनुको कारण बारे बताउदँै भन्नुहुन्छ, “त्यो बेला द्वन्द्धकालमा बिदेश गयौँ । युरोपमा शिक्षादेखि लिएर सबै नयाँ शुरु गर्नुप¥यो । मैले त रेष्टुरेण्टमा भाँडा माझ्ने कामबाट सुरु गरेको, भाषा जानेपछि अलि फरक खालका काम पनि पाउन थालियो । दुःख सुख केही कमाई भएपनि कमाइले मात्र सन्तुष्ट हुन सकिदो रहेनछ । स्वदेशमै केही गरौँ भन्ने कुराले चाहिँ घच्घच्याउदो रहेछ त्यही कारणले म स्वदेश आएको हुँ ।”

No description available.

स्वदेश आएर तपाईले फरक गर्नु भएको चाहिँ के हो भन्ने जिज्ञाशामा उहाँ भन्नुहुन्छ, “खासगरी कालिज पालन घरेलु रुपमा गर्ने भन्ने नेपालमा कानून थिएन । त्यसलाई कानुनी रुपमै ल्याउन निकै खटेर काम गरियो र कालिजलाई उस्को प्राकृतिक वातावरण नै दिएर उत्पादन थालियो । पोखराको भकुण्डेमा आएर हेर्नुभयो भने एकदम ढुङ्गै ढुङ्गामा भएको खरबारी र उत्पादनहीन भएको बाँझो २६ रोपनी ठाउँलाई सदुपयोग गरेर ४ हजार कालिज पालिएको छ ।

No description available.

सात करोड लगानी गरेर सञ्चालन भइरहेको कृषि फार्म र रिसोर्टमा अहिले २३ जनाले दीगो रोजगारी समेत पाएका छन् । तिमल्सिनाको इको एण्ड वाइल्ड भिलेजमा बेल्जियममा रहेका अरु ७ जना साथीहरुको समेत लगानी रहेको छ । सरकारी निकायबाट पाइने सहुलियत दरको ऋण पनि परिचालन गर्नुभएका तिमिल्सना प्रतिफलबारे भन्नुहुन्छ,“यस क्षेत्रमा गरिएको लगानी दीर्घकालका लागि हो, १÷२ बर्षमै प्रतिफल पाईदैन । मेहनत त गर्ने पर्छ । नेपालीहरु मध्यपुर्वका देशहरु युरोप अमेरिकामा पनि इमानदार र मेहनती मानिन्छन् । त्यस्तै मेहनत हामीले यहाँ गरे नहुने किन र ?”

No description available.

व्यवसायिक रुपमा सफल हुन तपाईको भिलेजका आधारहरु चाहिँ के हुन त भन्ने जिज्ञाशामा उहाँ भन्नुहुन्छ,“मानिसहरुको क्रयशक्ति बढदै गएकोले आन्तरिक पर्यटन बिकसित हुँदै गएको छ । आन्तरिक पर्यटनका कारण यस किसिमको व्यवसाय भरपर्दो हुँदै गएको छ । साथै, कालिजको मासु खान मानिसहरुको रुची पनि बढ्दै गएकाले यो व्यवसाय राम्रो हुन्छ नै । साथै प्राकृतिक वातवरणमा हामीले जुन रिसोर्ट बनाएका छाँै, त्यसबाट पाउने आनन्दमय बसाई र यही उत्पादित स्थानीय धान लगायतका अन्न र तरकारी फलफुल र मुलकै पानीमा रमाएर नुहाउन पाउँदा ग्राहकले पाउने सन्तुष्टि नै हाम्रो व्यवसायिक सफलताका आधार हुन् ।”

No description available.

युरोपमै पनि कालिज पालनको अनुभव भएका तिमल्सिना कालिज पालन बारे भन्नुहुन्छ, “यो वाइल्ड एनिमल” हो । यसलाई त्यस्तै प्राकृतिक रुपमै उत्पादनको वातावरण मिलाउनु पर्दछ । कतिपय कालिज पालकले ब्रोइलर कुखुराको कृत्रिम दाना खुवाएर मेरो कालिज यति किलोको र यस्तो उस्तो भयो भनेर फेसबुक, युट्युवतिर हाल्नु हुन्छ । त्यसो गर्नु एकदमै राम्रो होइन । कृतिमता भयो भने यस्को महत्व घट्न सक्छ ।”

No description available.

विविध प्रकृति र भूगोल भएको हाम्रो देशमा जहाँ जे हुन्छ त्यही लगाएर जग्गाको उपयोग गरेर हामी समृद्ध हुन सक्छौँ भन्ने उहाँको ठम्याइ छ । यस सम्बन्धमा अरु देशको समेत उदाहरण दिँदै उहाँ भन्नुहुन्छ, “अमेरिकाले पनि पहिले कृषिको उत्पादनमा आफ्नो जमिनको नै प्रयोग गरेको हो । आज साउदी, दुवई लगायतका देशहरुले पनि जमिनकै प्रयोग गरी तेल बेचेका हुन् । हाम्रा डाँडा पाखा खेर गइरहेका छन् । सीमा पारीबाट कृषि उपज आइरहेका छन् । बिप्रेशण जति आए पनि बिहान उठेर खुर्सानी र धनिया किन्न पनि बजार हिड्नु परेपछि बिदेशबाट भएको कमाई कसरी देशमा रोकिन्छ र खोलाकै पानी जस्तो गईहाल्छ नि । त्यसैले जहाँ जे उत्पादन हनसक्छ त्यही गर्नुपर्यो । त्यसका लागि राज्य पनि लाग्नु पर्यो र अबकोे “जेनेरेशन” ले पनि जमिनको सदुपयोग गर्ने कुरालाई प्राथमिकता दिनुपर्यो । खेर गइरहेको जमिनमा चाहे बाँस झ्याङ नै लगाउ, चाहे चन्दनका रुख रोपौँ, तिनले पनि आम्दानी दिन्छन् । कफी हुने ठाँउमा त्यसको पनि सम्भावना छ । कुखुरा र मासु समेत बिदेशबाट आइरहेको छ । कमसेकम आधारभुत कुरामा त हामी आत्मनिर्भर होऔँ ।”

No description available.
No description available.
No description available.

No description available.
No description available.

No description available.

प्रतिक्रिया राख्नुहोस्

Back to top button