युरोपको ज्ञान र अनुभवको स्वदेशमा प्रयोग

काठमाडौँ । केही नयाँ र फरक काम गरौँँ भन्ने सोचाइ राख्ने पोखराका पूर्ण तिमल्सिना युरोप छाडेर अहिले स्वदेशमै रमाइरहनुभएको छ, आफ्नै सिर्जनाको इको एण्ड वाइल्ड भिलेजमा । अहिले तिमल्सिनाले कृषिजन्य जैविक उत्पादनका साथै कालिज पालनमा ख्याती कमाउनु भएको छ । अन्न र तरकारी लगायत जैविक वातावरण दिएर कालिज उत्पादनमा सफलता पाउन मुख्य भूमिका रहेको छ युरोपमा उहाँले गर्नुंभएको यस्तै व्यवसायको कामको अनुभवबाट ।

युरोपमा कठोर परिश्रम र कर्म गरी व्यवसायिक रुपमा नै त्यहाँ स्थापित हुनुभएका तिमिल्सिना बेल्जियमको रोजगारीको अनुभव र स्वदेश फर्कनुको कारण बारे बताउदँै भन्नुहुन्छ, “त्यो बेला द्वन्द्धकालमा बिदेश गयौँ । युरोपमा शिक्षादेखि लिएर सबै नयाँ शुरु गर्नुप¥यो । मैले त रेष्टुरेण्टमा भाँडा माझ्ने कामबाट सुरु गरेको, भाषा जानेपछि अलि फरक खालका काम पनि पाउन थालियो । दुःख सुख केही कमाई भएपनि कमाइले मात्र सन्तुष्ट हुन सकिदो रहेनछ । स्वदेशमै केही गरौँ भन्ने कुराले चाहिँ घच्घच्याउदो रहेछ त्यही कारणले म स्वदेश आएको हुँ ।”

स्वदेश आएर तपाईले फरक गर्नु भएको चाहिँ के हो भन्ने जिज्ञाशामा उहाँ भन्नुहुन्छ, “खासगरी कालिज पालन घरेलु रुपमा गर्ने भन्ने नेपालमा कानून थिएन । त्यसलाई कानुनी रुपमै ल्याउन निकै खटेर काम गरियो र कालिजलाई उस्को प्राकृतिक वातावरण नै दिएर उत्पादन थालियो । पोखराको भकुण्डेमा आएर हेर्नुभयो भने एकदम ढुङ्गै ढुङ्गामा भएको खरबारी र उत्पादनहीन भएको बाँझो २६ रोपनी ठाउँलाई सदुपयोग गरेर ४ हजार कालिज पालिएको छ ।

सात करोड लगानी गरेर सञ्चालन भइरहेको कृषि फार्म र रिसोर्टमा अहिले २३ जनाले दीगो रोजगारी समेत पाएका छन् । तिमल्सिनाको इको एण्ड वाइल्ड भिलेजमा बेल्जियममा रहेका अरु ७ जना साथीहरुको समेत लगानी रहेको छ । सरकारी निकायबाट पाइने सहुलियत दरको ऋण पनि परिचालन गर्नुभएका तिमिल्सना प्रतिफलबारे भन्नुहुन्छ,“यस क्षेत्रमा गरिएको लगानी दीर्घकालका लागि हो, १÷२ बर्षमै प्रतिफल पाईदैन । मेहनत त गर्ने पर्छ । नेपालीहरु मध्यपुर्वका देशहरु युरोप अमेरिकामा पनि इमानदार र मेहनती मानिन्छन् । त्यस्तै मेहनत हामीले यहाँ गरे नहुने किन र ?”

व्यवसायिक रुपमा सफल हुन तपाईको भिलेजका आधारहरु चाहिँ के हुन त भन्ने जिज्ञाशामा उहाँ भन्नुहुन्छ,“मानिसहरुको क्रयशक्ति बढदै गएकोले आन्तरिक पर्यटन बिकसित हुँदै गएको छ । आन्तरिक पर्यटनका कारण यस किसिमको व्यवसाय भरपर्दो हुँदै गएको छ । साथै, कालिजको मासु खान मानिसहरुको रुची पनि बढ्दै गएकाले यो व्यवसाय राम्रो हुन्छ नै । साथै प्राकृतिक वातवरणमा हामीले जुन रिसोर्ट बनाएका छाँै, त्यसबाट पाउने आनन्दमय बसाई र यही उत्पादित स्थानीय धान लगायतका अन्न र तरकारी फलफुल र मुलकै पानीमा रमाएर नुहाउन पाउँदा ग्राहकले पाउने सन्तुष्टि नै हाम्रो व्यवसायिक सफलताका आधार हुन् ।”

युरोपमै पनि कालिज पालनको अनुभव भएका तिमल्सिना कालिज पालन बारे भन्नुहुन्छ, “यो वाइल्ड एनिमल” हो । यसलाई त्यस्तै प्राकृतिक रुपमै उत्पादनको वातावरण मिलाउनु पर्दछ । कतिपय कालिज पालकले ब्रोइलर कुखुराको कृत्रिम दाना खुवाएर मेरो कालिज यति किलोको र यस्तो उस्तो भयो भनेर फेसबुक, युट्युवतिर हाल्नु हुन्छ । त्यसो गर्नु एकदमै राम्रो होइन । कृतिमता भयो भने यस्को महत्व घट्न सक्छ ।”

विविध प्रकृति र भूगोल भएको हाम्रो देशमा जहाँ जे हुन्छ त्यही लगाएर जग्गाको उपयोग गरेर हामी समृद्ध हुन सक्छौँ भन्ने उहाँको ठम्याइ छ । यस सम्बन्धमा अरु देशको समेत उदाहरण दिँदै उहाँ भन्नुहुन्छ, “अमेरिकाले पनि पहिले कृषिको उत्पादनमा आफ्नो जमिनको नै प्रयोग गरेको हो । आज साउदी, दुवई लगायतका देशहरुले पनि जमिनकै प्रयोग गरी तेल बेचेका हुन् । हाम्रा डाँडा पाखा खेर गइरहेका छन् । सीमा पारीबाट कृषि उपज आइरहेका छन् । बिप्रेशण जति आए पनि बिहान उठेर खुर्सानी र धनिया किन्न पनि बजार हिड्नु परेपछि बिदेशबाट भएको कमाई कसरी देशमा रोकिन्छ र खोलाकै पानी जस्तो गईहाल्छ नि । त्यसैले जहाँ जे उत्पादन हनसक्छ त्यही गर्नुपर्यो । त्यसका लागि राज्य पनि लाग्नु पर्यो र अबकोे “जेनेरेशन” ले पनि जमिनको सदुपयोग गर्ने कुरालाई प्राथमिकता दिनुपर्यो । खेर गइरहेको जमिनमा चाहे बाँस झ्याङ नै लगाउ, चाहे चन्दनका रुख रोपौँ, तिनले पनि आम्दानी दिन्छन् । कफी हुने ठाँउमा त्यसको पनि सम्भावना छ । कुखुरा र मासु समेत बिदेशबाट आइरहेको छ । कमसेकम आधारभुत कुरामा त हामी आत्मनिर्भर होऔँ ।”














प्रतिक्रिया राख्नुहोस्