ट्रिपर दुर्घटना हुँदा दुई जना घाइते

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाको खाम्जेमा ट्रिपर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
सोलुदूधकुण्ड नगरपालिका–२ मा निर्माणाधीन ५।२ मेगावाटको दोभान हाइड्रोपावरको बा।२ क। ४७०८ नम्बरको ट्रिपर काठमाडौँबाट सामान लिएर हाइड्रोपावर जाँदै गर्दा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी रामेछाप घर भएका जगत विक र काभ्रे घर भएका अनिल तामाङ घाइते भएको हाइड्रोपावरका जनसम्पर्क अधिकृत फुर्वा लामाले जानकारी दिनुभयो ।
घाइतेहरूको जुनबेशी स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
ट्रिपर सडकबाट एक सय मिटर तल खस्दा १३ ड्रम डिजेल नष्ट भएको छ भने ट्रिपरमा पूर्ण क्षति पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्