तपाईँ सुन्दै हुनुहुन्छः

अवैध काठसहित २ जना पक्राउ

सुर्खेत । सुर्खेत प्रहरीले अवैध काठसहित दुई जनालाई पक्राउ गरेको छ । 


जिल्ला सदरमुकाम वीरेन्द्रनगर–२, भुरेली सडक खण्ड शुक्रवार प्रहरीले भे १ त–५११५ नम्बरको ट्याक्टरमा अवैध रूपले ल्याउँदै गरेको ५१ क्यु फिट सिसौको काठसहित चालक र सह–चालकलाई रंगेहात पक्राउ गरेको हो । 


प्रहरीका अनुसार पक्राउ पर्नेमा ट्याक्टरका चालक भेरीगंगा नगरपालिका–२, का २६ वर्षीय तीर्थबहादुर सिंजालीमगर र सह–चालक दैलेखको भगवती माई गाउँपालिका–१, का गणेश अधिकारी रहेका छन् । 


अवैध काठ ओसारपसार भइरहेको विशेष सूचनापछि गएको प्रहरीको गस्ती टोलीले अवैध काठ, ट्याक्टरसहित चालक र सह–चालकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डिएसपी) रामप्रसाद घर्ती मगरले जानकारी दिनुभयो । 


यता डिभिजन वन अधिकृत गोविन्दप्रसाद दाहालले अवैध काठसहित पक्राउ परेका उपर आवश्यक अनुसन्धान सुरु भइसकेकाले वन ऐन २०७६ अनुसार कारबाही हुने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button