पूर्व जिल्ला पञ्चायत सभापति फजिलको निधन

बीरगंज । पर्साका पूर्व जिल्ला पञ्चायतका सभापति तथा चर्चित कुस्तीवाज फजिल अहमदको ९० वर्षको उमेर आज निधन भएको छ ।
पञ्चायती व्यवस्थामा पर्सा जिल्लाको १८ बर्ष सम्म स्वर्गीय फजिल अहमद सभापति बन्नु भएको थियो ।
पञ्चायती कालमा चर्चित राजनीतिज्ञको रुपमा पर्सामा स्थापित फजिल अहमद कुस्तीका खेलाडी समेत हुनुहुन्थ्यो । स्वर्गीय फजिल अहमद कुस्तीको लागि नेपाल र भारतका चर्चित खलिफा मध्ये एक रहनु भएको थियो ।
पञ्चायती व्यवस्था समाप्तसँगै फजिल अहमदले राजनीतिबाट सन्यास लिनुभएको थियो । पर्साको धोबिनी गाउँपालिका वडा नं. ५ निवासी अहमद पछिल्लो समय वीरगञ्ज महानगरपालिका वडा नं. ११ श्रीपुरस्थित आफ्नै घरमा बस्दै आउनुभएको थियो ।
उनको आज बिहान निधन भएको जसपाका युवा नेता सल्लाउदिन अहमदले जानकारी दिनुभयो । अहमदको मुस्लिम रीतिरिवाज अनुसार अन्तिम संस्कार गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्