तपाईँ सुन्दै हुनुहुन्छः

बैङ्किङ कसुर मुद्दामा ३८ जना पक्राउ

बारा । बारा  प्रहरीले गत आर्थिक वर्षमा बैङ्किङ कसुर मुद्दामा ३८ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याएको छ ।


आर्थिक वर्ष २०७७–०७८ मा ४७ वटा चेक बाउन्स का मुद्दामा ३८ जनालाई पक्राउ गरेको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । 


रकम बिनाको चेक दिएर कसुर गर्नेहरूको सङ्ख्यामा भारी मात्रामा वृद्धि भएको  बाराका प्रहरी प्रवक्ता डिएसपी मिश्रले बताउनुभयो । 
आर्थिक वर्ष ०७५–०७६ मा शून्य रहेको यो अपराध ०७६–०७७ मा ९ वटा मात्रै प्रहरीमा आएको थियो । तर ०७७–०७८मा एकाएक ४७ वटा पुगेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 


बैङ्किङ कसुर गर्ने व्यक्तिलाई बिगो भराई बिगो बराबर जरिवाना र ३ महिनासम्म कैद सजाय हुने उल्लेख छ । चेक बाउन्स भएको मितिले ६ महिनाभित्र पीडितले कानुनी उपचार खोज्न सक्ने कानुनी व्यवस्था रहेको बारा प्रहरी प्रवक्ता मिश्रले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button