कन्द्रा नदीमा डुबेर ३ बालिकाको मृत्यु
कैलाली । कैलालीको भजनीस्थित कन्द्रा नदीमा डुबेर ३ बालीकाको मृत्यु भएको छ ।
भजनी नगरपालिका वडा नम्बर ९ डोमपुरस्थित कन्द्रा नदीमा नुहाउने क्रममा आज दिउसो डुबेर स्थानीय ३ बालीकाको मृत्यु भएको हो । मृत्यु हुनेमा ९ वर्षिया लक्ष्मी कुमारी सिंह, ६ वर्षिया अनु कुमारी सिंह र ७ वर्षिया जानु कुमारी चौधरी रहेका छन् ।
उनीहरूमध्ये लक्ष्मी र जानुको शव भेटिएको र अनु अझै बेपत्ता रहेकी वडा सदस्य भगवती देवी चौधरीले जानकारी दिनुभयो । बेपत्ताको खोजी जारी रहेको वडा सदस्य चौधरीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्