तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा आज ६७ जनामा कोरोना सङ्क्रमण

पाल्पा । पाल्पामा आज थप ६७ जना कोरोना संक्रमित थप भएका छन् । पिसिआर परीक्षणमा ३४ र एन्टिजिनको परीक्षणमा ३३ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । 


१ सय १७ जनाको एनटिजीनमा ३३ र ६० पिसिआर परीक्षण गर्दा ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।


जिल्लामा आज ११ जना निको भएका छन् । पाल्पामा हाल ४३१ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । केही दिन यता पाल्पामा कोरोनाको सक्रिय सङ्क्रमित बढ्दै गएको पन्थीले बताउनुभयो । 


पाल्पामा हालसम्म कोरोनाका कारण १ सय २५ जनाको निधन भइसकेको छ । आज थप एक जनाको निधन भएको हो ।


पाल्पामा सङ्क्रमितको सङ्ख्या ८ हजार ३ सय ६९ पुगेको छ भने निको हुनेको सङ्ख्या ७ हजार ८ सय १३ पुगेको छ । पाल्पामा कुल सक्रिय ४ सय ३१ रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button