तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीमा गाडी खस्दा आमाबुवा बेपत्ता, छोराछोरीको उद्धार

धनगढी । कैलालीको मोहन्याल गाउँपालिका ७ स्थित कर्णाली नदीमा आज गाडी खस्दा दुई जना (आमाबुवा) बेपत्ता भएका छन् भने तीन जना (छोराछोरी) को उद्धार गरिएको छ । 


चिसापानी–सोल्डा सडक खण्डको बाँकाबाट बा ११ च ९३८ नं को गाडी कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ । गाडीमा सवार रुपी जोशी र चन्द्रप्रकाश जोशी नदीमा बेपत्ता भएको र खोजी कार्य भइरहेको कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताउनुभयो । 


यसैगरी दुर्घटनामा परि घाइते भएका लक्ष्मी जोशी, सावित्री जोशी र भुवन जोशीको उद्धार गरिएको छ । उनीहरूलाई थप उपचारका लागि नेपालगन्ज पठाइएको प्रहरीले जनाएको छ । 


डोटी घर भएका जोशी श्रीमती र छोराछोरी सहित चिसापानी पुगेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button