बागलुङमा कालीगण्डकीमा पौडी खेल्न गएका दुई बालक बेपत्ता

बागलुङ । पौडी खेल्ने क्रममा कालीगण्डकी नदीमा डुबेर बागलुङका दुई बालक बेपत्ता भएका छन्। सँगै पौडी खेल्न गएका दुई बालक भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
बेपत्ता हुनेहरूमा बागलुङ नगरपालिका वडा नं. ४ उपल्लोचौरका १३ वर्षीय अभिषेक वि.क. र सोही स्थान बस्ने १३ वर्षकै यम बहादुर पुन रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभएको छ । हराएका बालकको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।
खोजीकार्यमा विपद् व्यवस्थापन गुल्म बागलुङ परिचालन गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्