चितवनमा १० दिन निषेधाज्ञा थप

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले साउन २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको छ ।
जिल्लामा कोभिड–१९ को सङ्क्रमणको जोखिम उत्तिकै रहेको र डेल्टा भेरियण्ट भाईरस समेत पुष्टि भएको भन्दै साउन २४ गतेसम्म निषेधाज्ञा थपिएको हो ।
प्रशासनले निषेधाज्ञालाई खुकुलो बनाउँदै र स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी आफ्नो पेसा व्यापार व्यवसाय चलाउन अनुरोध गरेको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जारी निषेधाज्ञामा भौतिक रूपमै उपस्थित भई कुनै प्रकारको सभा, सम्मेलन, सेमिनार, महोत्सव सञ्चालन गर्न नपाइने उल्लेख छ ।
भौतिक रुपमा नै उपस्थित भई गर्नुपर्ने साधारण सभाको लागि मापदण्ड पालना गरी सीमित व्यक्तिको उपस्थित जनाई प्रशासनसँग स्वीकृति लिनुपर्ने हुन्छ ।
यसैगरी भौतिक रूपमै उपस्थित भएर पठनपाठन गर्न नपाइने, सिनेमा, पार्टी प्यालेस, ब्युटी पार्लर, सैलुन, जिम खाना, फुटसलहरू सञ्चालन गर्न पाइने छैन ।
यस्तै मठमन्दिर, मस्जिद, गुम्बा तथा चर्चलगायतका धार्मिक स्थलमा नित्य पूजा बाहेक अन्य जमघट गर्न नपाइने जारी आदेशमा उल्लेख छ ।
साथै शैक्षिक संस्थामा परीक्षा सञ्चालन गर्दा जेड आकारमा सिट प्लान गर्ने र एउटा कोठामा २५ जनाभन्दा बढी राख्न नपाइने उल्लेख छ ।
यस्तै लामो दुरीका सवारीसाधनहरू ट्राफिक कार्यालयको समन्वयमा सीमित सङ्ख्यामा सञ्चालन गर्न पाइने उल्लेख छ ।
यस्तै जिल्लामा सवारी सार्वजनिक सवारी साधनहरू जोरबिजोर प्रणाली अनुसार सञ्चालन गरिने जनाइएको छ ।
अन्य नियमहरू पुरानै आदेश बमोजिम अनुसार सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ ।








प्रतिक्रिया राख्नुहोस्