तपाईँ सुन्दै हुनुहुन्छः

गृहमन्त्री खाणद्वारा गण्डकी प्रदेश प्रमुखलाई बधाई

काठमाडौं ।गृहमन्त्री बालकृष्ण खाणले नवनियुक्त गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ ।

नवनियुक्त प्रदेश प्रमुख गुरुङलाई आज बिहान भेटेर गृहमन्त्री खाणले सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको हो । मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेल्नुभएका नवनियुक्त प्रदेश प्रमुख गुरुङ चितवन निवासी हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button