तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस पदाधिकारी बैठक बूढानीलकण्ठमा बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।बिहान ११ बजे पार्टी सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको सहमहामन्त्री प्रकाशशण महतले जानकारी दिनुभयो ।

बैठकमा महाधिवेशनको कार्यतालिकाको विषयमा छलफल हुने महतले जानकारी दिनुभयो । बैठकमा यसअघि रोकिएको वडा अधिवेशन कहिले गर्ने भन्नेबारे छलफल हुने बताइएको छ ।

आजको बैठकले क्रियाशिल छानबिन समितिको प्रतिवेदनले विवाद समाधानका लागि बाँकी राखेका विषयलाई समेत टुंग्याउने मापदण्ड बनाउने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button