तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा ट्रक र कार ठोक्किँदा चार जना घाइते

पाल्पा।पाल्पाको माथागढी गाउँपालिका १ अगाहाखोलमा ट्रक र कार ठोक्किँदा चार जना घाइते भएका छन् । बुटवलबाट पोखरा जाँदै गरेको ना २ ख ८३९० नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ग २ च २०९४ नम्बरको कार ठक्कर खादा दुर्घटना भएको हो । ट्रक सडकबाट करिब १ सय मिटर तल खोलामा खसेको छ ।

मङ्गलवार बिहान करिब ९ बजे तिर भएको दुर्घटनामा परि भारत मोतिहार पूर्वी चम्पा विहार बस्ने बर्ष ४० का जिपरुला अन्सारी सोही स्थानका बर्ष ३९ का नाजिर अन्सारी सोही स्थानका बर्ष २९ का गुल्सन अन्सारी,सोही स्थानका बर्ष १५ का मिराज अन्सारी रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरूको तानसेन स्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो । दुवै सवारी र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button