असम र मिजोरमको सीमा विवादमा भएको हिंसामा ६ जनाको मृत्यु

काठमाडौं । भारतको दुई राज्य असम र मिजोरमको सीमालाई लिएर भएको हिंसात्मक घटनामा ६ जना प्रहरीको मृत्यु भएको छ भने ६० जना घाइते भएका छन् ।
दुई राज्यको सीमा क्षेत्रमा स्थानीयवासी र सुरक्षाकर्मीबीच हिंसात्मक घटना भएको र त्यसले सुरक्षा व्यवस्थामा गम्भीर अवस्था सृजना गरेका भारतको गृह मन्त्रालयले जनाएको छ ।
गृहमन्त्री अमित शाहले दुवै प्रदेशका मुख्यमन्त्रीलाई शान्ति र सद्भावका लागि पहल गर्न आग्रह गर्नु भएको छ ।
असम राज्यका मुख्यमन्त्री हेमन्त विश्व शर्माले राज्यको सिम रक्षाका क्रममा ६ प्रहरी जवान सहिद भएको ट्विट मार्फत जानकारी दिनुभएको छ ।
घटनालाई लिएर दुई राज्यका मुख्यमन्त्रीबिच आरोप प्रत्यारोप नै चलेको छ । यद्यपि गृहमन्त्री शाहको आग्रह पछि दुई पक्ष बीच छलफल भएको भारतीय गृह मन्त्रालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्