बैङ्किङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

भद्रपुर, झापा । बैङ्किङ कसुर मुद्दाका फरार एक जना अभियुक्त झापामा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दमक–५ निवासी ४७ वर्षीय विनोदकुमार कार्की रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार उच्च अदालत पाटनले २०७७ साल मङ्सिर ३० गते बैङ्किङ कसुर मुद्दामा कार्कीलाई तीन दिन कैद, सात लाख जरिवाना र पीडित राहत कोषमा २८ हजार क्षतिपूर्ति दाखिला गर्नुपर्ने फैसला सुनाएको थियो ।
फैसला सुनाएदेखि फरार रहेका कार्कीलाई अदालत फैसला कार्यान्वयनका लागि झापाबाट खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरी कैद भुक्तानका लागि झापा कारागार भद्रपुर पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्