तपाईँ सुन्दै हुनुहुन्छः

धौलागिरि अस्पतालमा उपचाररत एक सङ्क्रमितको मृत्यु

बागलुङ । धौलागिरि अस्पताल, बागलुङमा उपचाररत कोभिड संक्रमित पुरुषको मृत्यु भएको छ ।


बागलुङको जैमिनी नगरपालिका–९ का ५२ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको धौलागिरि अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र बि पोखरेलले जानकारी दिनुभयो ।


मृतक पुरुषलाई गत असार १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button