तपाईँ सुन्दै हुनुहुन्छः

हिमपाइप डाइभर्सन निर्माणले आवतजावतमा सहजता

रुकुम । राप्ती लोकमार्ग अन्तरगत रुकुम पश्चिमको पितिबाङ्ग खोलामा हिमपाइप डाइभर्सन निर्माण गरिएको छ । 

मनसुन सुरु भएसँगै हरेक वर्षको वर्षात्मा खोलाको बहाव बढेर सवारी आवागमनमा समस्या हुने भएकोले हिमपाइप डाइभर्सन निर्माण गरिएको हो । 

सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख धुब्र कुमार झाका अनुसार पितिबाङ्गमा निर्माणाधीन पक्की मोटरेबल पुलको काम समेत अधुरै रहेकोले हिमपाइप डाइभर्सन निर्माण गरिएको छ । 

खोलामा डाइभर्सन निर्माण भएसँगै लोक मार्गमा चल्ने सवारी साधन, यात्रु र स्थानीयले वषौंदेखि भोग्दै आएको समस्या केही समाधान भएको छ । 

त्यस्तै वर्षा याममा खोलाको बहाव बढ्दा यसअघि स्थानीय युवा समूहलाई पैसा तिरेर साना सवारी साधन वारपार गराउनुपर्ने समस्या पनि हटेर गएको छ ।
 दाङ, सल्यान हुँदै रुकुम सम्मको सडक सञ्जाल जोडिएको डेढ दशक बितिसक्दा पनि हालसम्म पितिबाङ्ग खोलामा पक्की मोटरेबल पुल निर्माण हुन सेकेको छैन ।

५ करोड २८ लाख लागतमा निर्माण भई अघिल्लो वर्षदेखि सञ्चालनमा आउने भनिएको निर्माणाधीन पुलको काम कोरोना र लकडाउनको समस्या देखाउँदै बन्द रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button