तपाईँ सुन्दै हुनुहुन्छः

दुई पक्षबिच कुटाकुट हुँदा एक महिलाको मृत्यु

बारा । बच्चाको झैझगडाको विषयलाई लिएर दुई पक्षबिच झगडा हुँदा बारामा एक महिलाको मृत्यु भएको छ । 


महागढीमाई नगरपालिका–७ तेलकुवा टोलमा हिजो राती दुई पक्षबिच बच्चाको विषयलाई लिएर कुटाकुट हुँदा मैनादेवी पासवानको मृत्यु भएको हो । 


देवर नाता पर्ने सिघासन पासवानले मैनादेवी पासवानलाई बासको भाटाले छातीमा हिर्काउँदा उहाँको घटनास्थलमै उहाँको मृत्यु भएको थियो ।
मृतकका श्रीमान् रोजगारीका लागि हाल काठमाडौँमा रहनुभएका र उहाँका एक छोरी र दुई छोरा छन् ।


सिघासन रातीदेखि नै फरार छन् । उनको खोजी कार्य भइरहेको बाराका प्रहरी  प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button