तपाईँ सुन्दै हुनुहुन्छः

फरार अभियुक्त ६ वर्षपछि पक्राउ

सिन्धुपाल्चोक । जबरजस्ती करणी गरी फरार रहेका एक अभियुक्त ६ वर्षपछि पक्राउ परेका छन् । 


सिन्धुपाल्चोक, लिसंखुपाखर गाउँपालिका–१ का २७ वर्षीय राज विकलाई रामेछाप जिल्लाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ ।


विकलाई बिस २०७२ साल मङ्सिर ८ गते सर्वोच्च अदालतले जबरजस्ती करणी मुद्दामा  विकलाई १० वर्ष कैद सजाँयको फैसला गरेको थियो । 
सोही समयदेखि फरार रहेका विकलाई लुकीछिपी बसिरहेको अवस्थामा रामेछाप, मन्थली नगरपालिका–६ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका सूचना अधिकृत एवम् प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button