तपाईँ सुन्दै हुनुहुन्छः

नरबहादुर कर्माचार्य कहिल्यै पनि पदको पछि लाग्नुभएन : अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले त्याग देखाउन सक्नुपर्ने बताउनुभएको छ । 

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको ८औँ स्मृति दिवसलाई आज सम्बोधन गर्दै उहाँले पछिल्ला दिनमा कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता आदर्शबाट विचलित हुँदै गएकामा चिन्ता व्यक्त गर्नुभयो । मन्त्री पाइएन भने नेतृत्वको आलोचना गर्ने र मन्त्री पाए मात्र काम गर्ने प्रवृत्ति अहिले जबरजस्त रूपमा विकास भएको उहाँको भनाइ छ । 

नेकपाका संस्थापक कर्माचार्य कहिल्यै पनि पदका पछाडि नलागेको सन्दर्भ कोट्याउँदै उहाँले कम्युनिष्ट नेता कार्यकर्ताले कर्माचार्यको जस्तै आचरण देखाउन सक्नुपर्ने बताउनुभयो ।

पद र शक्तिका लागि नेता कार्यकर्ताको होडबाजी चल्ने गरेको उल्लेख गर्दै उहाँले त्यसले कम्युनिष्ट आन्दोलनलाई नै क्षति पुग्ने सुनाउनुभयो ।

“अहिले मलाई यति सकस परेको छ, माओवादीका ४९ सांसदलाई मन्त्री पद चाहिएको छ”, उहाँले भन्नुभयो, “हामीले धेरै पायौ भने सात मन्त्रालय पाउने अवस्था हो, मन्त्री बनाउन चौतर्फी दबाब छ, त्यस कारण म तनावमा छु ।”

उहाँले मुलुकलाई असफल बनाउने प्रयासविरुद्ध एक भएर लडेको गठबन्धनलाई कमजोर बनाउन प्रयास भइरहेको बताउनुभयो । पद पाए सो अवसरमा अध्यक्ष दाहालले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई कुनै लापरबाही गर्ने छुट नभएको उल्लेख गर्नुभयो । उहाँले सरकारमा रहेर जन पक्षीय काम गर्न पनि निर्देशन दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button