१० किलो गाँजासहित दुई युवा पक्राउ
तनहुँ । तनहुँबाट ठुलो परिणामको प्रतिबन्धित गाँजासहित दुई युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कास्कीको रुपा गाउँपालिका–७ घर भई मुस्लिन बस्ने २५ वर्षीय मिलन परियार र पोखरा महानगरपालिका–३२ लेखनाथ बस्ने २८ वर्षीय सुमन परियार रहेका छन् ।
दुईको साथबाट तनहुँ प्रहरीले १० किलो २ सय २० ग्राम गाँजा बरामद गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो । आँबुखैरेनीको पुल जिपबाट पक्राउ गरिएको उहाँले बताउनुभयो ।
मुस्लिनबाट पोखरातर्फ आउँदै गरेको ग १६ प ८२६८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई शङ्का लागेर प्रहरीले चेकजाँच गर्दा ठुलो परिणाममा गाँजा फेला पारेको हो । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्