घाँस काट्न गएका युवक मृत फेला
पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका–६ ठिमुरेमा शुक्रवार एक जना युवा मृत फेला परेका छन् ।
स्थानीय ३५ वर्षीय चिरञ्जीवी राना बिहीबार दिउँसो घाँस काट्न घर नजिकै जङ्गलमा गएका थिए । उनी शुक्रवार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो ।
राति अबेरसम्म घरमा नफर्किएपछि स्थानीयले उनको खोजी कार्य गरेका थिए । खोजी कार्य गर्ने क्रममा शव फेला परेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्